Select Page

घरपरिवार राहत

कोभिडको वित्तीय प्रभावको अनुभव गर्दै हुनुहुन्छ?

हाम्रो कोभिड कठिनाइ सहायता हटलाइन (COVID Hardship Support Hotline) टोली र विना व्याज ऋण (No Interest Loans) ले तपाईलाई पुनर्उत्थान गर्न मद्दत गर्न सक्छन्।

घरपरिवार राहत के हो?

घरपरिवार राहत निःशुल्क, मित्रवत, गोप्य सेवा हो जुन १ फेब्रुअरी २०२० देखि Covid-19 का कारण कुनै पनि तरिकाले वित्तीयरुपमा प्रभावित अष्ट्रेलियन घरपरिवारका लागि उपलब्ध छ।

  के तपाई वा तपाईको पार्टनरको आम्दानी घटेको छ (जागिर गएर, कामको घण्टा घटेर, लकडाउनको प्रतिबन्ध, परिक्षणको नतिजा पर्खिनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ् वा बिमारीका कारण )?

  Covid-19 का कारण के तपाईको अतिरिक्त खर्च बढेको छ?

  के तपाईको पूर्व पार्टनरको आयले घटेकोले तपाईको घरपरिवारमा प्रभाव पारेको छ?

तपाईको पुनर्उत्थानको लागि हामी वित्तीय सहायतासहित तपाईलाई मद्दत गर्न सक्छौँ।

के म योग्य छु?

यदि तपाई १ फेब्रुअरी २०२० देखि Covid-19 का कारण कुनै पनि तरिकाले वित्तीयरुपमा तपाईको घरपरिवार प्रभावित भएको छ र तपाई निम्न आवश्यक्ताहरू पूरा गर्नुहुन्छ भने तपाई घरपरिवार राहत सहायताका लागि योग्य हुनुहुन्छ।

  १६ वर्ष वा माथि

  अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा हुनुहुन्छ, वा ऋणको म्यादभन्दा पछि समाप्त हुने भिसामा हुनुहुन्छ

  यदि तपाई एक्लै हुनहुन्छ भने कर काट्नुअघिको तपाईको वार्षिक आय $६०,००० भन्दा कम छ, वा जोडीका लागि वा निर्भर सदस्य भए $१००,००० भन्दा कम आय छ

“Covid-19 द्वारा वित्तीयरुपमा प्रभावित’ हुनुहुन्छ- जागिर गुमेको, कामको घण्टा घटेको, सहयोगको लागि सेन्टरलिङ्कसँग दर्ता गर्न लागेको कारण
(अस्थायीरुपमा भएको भए पनि) काम गर्ने अक्षमता वा लकडाउन प्रतिबन्ध, कोभिड परीक्षणको नतिजा पर्खंदा, कन्ट्याक्ट ट्रेसिङ् वा कोभिड बिरामीको कारण गुमेको आयले, कोभिडको कारणले बारम्बारको अतिरिक्त खर्च, वा उदाकरणका लागि तपाईको पूर्व जोडीबाट बच्चाको सहायता भुक्तानीमा आएको ह्रासका कारण घरपरिवारको आयमा आएको गिरावट।”

हामी कसरी मद्दत गर्न सक्छौँ?

कोभिड कठिनाइ सहायता हटलाइन (COVID Hardship Support Hotline)

हामी तपाईलाई कुन वित्तीय सहायता उपलब्ध छ भनेर पहिचान गर्न मद्दत गर्न सक्छौँ र साथै अनुदान, तपाईको घरपरिवारको बजेटको समीक्षा गरेर, तपाईलाई वित्तीय कठिनाइ व्यवस्थापनमा मद्दत गरेर, र यदि तपाई संकटमा हुनुहुन्छ भने हाम्रो आन्तरिक निःशुल्क वित्तीय परामर्शदाता तथा अन्य सेवाहरुमा सिफारिश गर्न सक्छौ।

“कोभिड कठिनाइ सहायता हटलाइनलाई फोन गर्नुहोस्
बिहान ९ बजेदेखि साँझ ७ बजे AEST, सोमबार-शुक्रबार

1300 121 130

घरपरिवार राहत व्याजरहित ऋण

यदि तपाई वा तपाईको पार्टनरले तिर्नसक्ने ऋण फिर्ता गर्नसक्ने देखाउन सक्नुभयो भने।

हामी तपाईलाई आफ्नो खुट्टामा उभ्याउन $3,000 सम्मको घरपरिवार राहत व्याजरहित ऋण पत्ता लगाउन र आवेदन दिन मद्दत गर्न सक्छौँ – र तपाई योग्य हुन सक्ने अन्य सहायता तथा सेवाहरुका माध्यममा कुरा गर्नेछौँ।

घरपरिवार राहत व्याजरहित ऋण

यदि तपाई वा तपाईको पार्टनर तिर्नसक्ने पुनर्भुक्तानीका लागि सक्षम हुनुहुन्छ भने घरपरिवार व्याजरहित ऋणले तपाईलाई निम्न कुरामा सहायता गर्नेछः

    उपयोगी सेवाहरुको बिलहरु तिर्न

    धितो वा घरभाडा तिर्न (एजेन्टमार्फत*)

    काउन्सिन रेट (कर) तिर्न

    बडी कर्पोरेट शुल्क तिर्न

अष्ट्रेलियन सरकारद्वारा आर्थिक सहायताप्राप्त, विनाव्याजको $३,000 सम्मको यो ऋणको मतलब तपाईले जति सापट लिनुभएको हो त्यति मात्र २४ महिनाभित्रमा पुनर्भुक्तानी तिर्नुहुन्छ । पेडे ऋण वा अन्य महँगो किसिमको ऋण (क्रेडिट) को साहारा खोज्नुभन्दा पहिला यो सुरक्षित ऋणको विकल्प सोच्न लायक छ।

यदि तपाई काममा फर्कनुहुन्छ र पुनर्भुक्तानी गर्न सक्षम हुनुहुन्छ भने घरपरिवार राहत विनाव्याजको ऋणले तपाईलाई मद्दत गर्न सक्छ।

कृपया याद गर्नुहोसः ऋण नगदका लागि होइन।

थप प्रश्नहरु छन्?

हाम्रो प्रायः सोधिने प्रश्नहरु (Frequently Asked Questions) हेर्नुहोस्।.

कोभिड कठिनाइ सहायता हटलाइनलाई 1300 121 130 मा कल गर्नुहोस्।

हामी तपाईको फोन उठाउनका लागि बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म AEST, सोमबारदेखि शुक्रबारसम्म हाजिर छौं।

© Good Shepherd Australia New Zealand

Good Shepherd Australia New Zealand Website | Privacy Policy |  

We acknowledge Aboriginal and Torres Strait Islander
people as the traditional custodians of this land and pay
our respects to their history, their living culture and to
Elders past and present.